काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले देश बिखण्डनको कुरा उठाउनेलाई जनताले ठीक पार्ने अनौठो कुरा गरेका छन् ।
विश्वभरिका हेक मुलुकले देश बिखण्डनको विषयलाई सबैभन्दा गम्भीर रुपमा लिन्छन् र त्यस्ता बिखण्डनकारीलाई सरकारले त्यही अनुसार निर्मम व्यवहार गर्छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।
भारतमा त देश बिखण्डनको कुरा गर्नेलाई मृत्युदण्ड समेत दिइन्छ । गत साता सीके राउतले सिरहामा देश बिखण्डनका लागि आमसभा गरेका थिए । त्यस्ता बिखण्डनकारीलाई सरकारले कारबाही गर्नुपर्छ भनेर जनआवाज उठिरहेको बेला प्रचण्डले बिखण्डनकारीलाई कुनै कारबाही नगर्ने भन्दै लाचारी प्रकट गरेका छन् ।
उनको भनाइ छ– बिखण्डनकारीलाई जनताले कारबाही गर्छन् । जनताले कानून हातमा लिएर कारबाही गर्न थाले भने देश अराजकतामा जान्छ । राज्यको कानून हातमा लिएर कसैले कसैमाथि कारबाही गर्न पाइँदैन ।
राज्यमा कारबाहीको अधिकार सरकार तथा राज्यका अन्य निकायहरूसँग मात्र हुन्छ । जनताले प्रत्यक्ष कारबाही गर्ने शासन प्रणाली नेपालमा छैन र कुनै पनि सभ्य र आधुनिक लोकतान्त्रिक व्यवस्थामा हुँदैन । तर, माओवादी केन्द्रका अध्यक्ष तथा नेपाली कांग्रेस सम्मिलित सरकारका प्रधानमन्त्री प्रचण्डले देशमा अराजकतालाई निम्ता दिँदै तथा सरकारको लाचारी प्रकट गर्दै भनेका छन् – ‘बिखण्डनकारीलाई जनताले तह लगाउँछन् ।’
रिहामा प्रचण्डले चुनाव जितेको जिल्ला पनि हो । अहिले तराईमा बिखण्डनकारीहरू निकै सक्रिय भइरहेको समाचार आइरहेको छ । यस सम्बन्धमा संसद बैठकमा समेत कुरा उठेको छ र सांसदहरूले सरकारबाट जवाफ माग गरिरहेका छन् ।












प्रतिक्रिया