३ कार्तिक २०८३, मंगलबार

अबैध सहकारीको लाखौंको ठगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Displaying pass book.jpg
बाजुरा, ७ माघ । सहकारी संस्थाको नाममा दर्ता समेत नभएको सहकारीले लाखौंको कारोवार सञ्चालन गरेको रहस्य खुलेको छ । बाजुरा सदरमुकाम मार्तडीस्थित केही व्यापारी र प्रतिष्ठीत व्यक्तिहरु मिलेर सहकारीका नाममा लाखौको रकम संकलन गर्ने गरेको रहस्य खुलेको हो ।

सहकारी संस्था दर्ता नगरी कुनै कारोबार गर्न नमिल्ने प्रावधान भएपनि बिगत १० महिनादेखि लाखौं रकम संकलन गर्ने गरेको शेयर सदस्यले बताएका छन् । सुन्दर बडिमालिका बहुदेश्यीय र बडिमालिका बहुदेश्यीय सहकारीका नाममा रकम संकलन गरिएको पाइएको छ । यी दुइवटै सहकारी सहकारी डिभिजन कार्यालयमा दर्ता नै छैनन् ।

बडिमालिका बहुदेश्यीय सहकारी संस्था २०३१ सालमा दर्ता भएको देखिएपनि खारेज भइसकेको सहकारी कार्यालय डोटीका प्रमुख गोविन्द्रप्रसाद पाण्डेले बताए । दर्ता नगरी सहकारीले पास बुक र छाप सहित कारोबार गरिरहेको छ । दुबै सहकारीका नाममा दैनिक बचत गर्ने गरिएको छ ।

श्रोतको दाबी मान्ने हो, भने करिब २ सय बढी शेयर सदस्यले दैनिक बचत गरिरहेका छन् । एक सय देखि १० हजार समेत दैनिक जम्मा गर्ने व्यापारी अवैध सहकारीको शेयर सदस्य बनेका छन् । दुई वटै सहकारीका नाममा दैनिक करिब ३ लाख रुपैयाँ नियमित बचन गर्ने गरिएको छ ।

बचत कार्य २०७२ चैत्र १ गतेबाट भएको खुल्नमा आएको छ । १० महिनादेखि अवैध रुपमा रकम संकलन गर्दै आएको समूहले यही माघ ३ गते सहकारी दर्ता गरेको छ । त्यो पनि फरक नाममा । बहुदेश्यीय सहकारी दर्ता गर्न प्रावधान नै नभएपछि उनीहरुले सुन्दर बडिमालिका उपभोक्ता सहकारी संस्थाका नाममा दर्ता गरेका छन् ।

संकलन भएको रकम पनि सहकारी संस्थाका अध्यक्ष पदम बडुवाल र कोषाध्यक्ष अमृता सिंहका नाममा जम्मा गर्ने गरिएको पाइएको छ । हाल ३ करोड बढी रकम संकलन भएको बुझ्नमा आएको छ । तर सहकारी संस्थाका प्रतिनिधिले भने त्यस बारे जानकारी दिन मानेनन ।

सहकारीका नाममा अवैध रकम संकलन गर्न पाँच जना बचत संकलक राखिएको छ । उनीहरुले दैनिक १ देखि ३ लाख संकलन गर्ने गरेका छन् । चैत्र देखि हालसम्म ३ लाख बढी बचत गरिसकेका एक जना शेयर सदस्यले अवैध भएको थाहपाएपछि फिर्ता लिने बताएका छन् ।

सहकारी दर्ता भएको भन्दै बचत कार्य सुरु गरेको १० महिना पछि कागज बोकेर दर्ता प्रक्रिया सुरु गर्न खोजेपछि शेयर सदस्यहरु शसंकित बनेका छन् । शेयर र बचत रकमसँगै भने बमोजिमको व्याज पाएपनि सञ्चालकको नियत नै खराब रहेको शेयर सदस्यहरुको भनाई छ ।
फरक नाम देखाएर अवैध कारोबार गरिरहेको थाहपाएपछि केहीले शेयर र बचत रकम फिर्ता लिने तयारीमा छन् । डिभिजन सहकारी कार्यालय प्रमुख पोखरेलले गलत कार्य भएकोले सम्बन्धीत निकायले कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने बताए । यता प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने प्रक्रिया बुझेर मात्र बोल्ने बताएका छन् ।