
काठमाडौं, ७ माघ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले व्हाइट हाउस छोडेसंगै भारतीय प्रधानमंत्री नरेद्र मोदी सामाजिक सञ्जालमा सबै भन्दा बढी फ्लो गरिने नेतामा परेका छन् ।
मोदी सूत्रका अनुसार फेसबुक, ट्विटर, यू–ट्यूब र गुगल प्लस मा उनी नेताहरुमा सबैभन्दा बढी फ्लोअर्स प्रधानमन्त्री मोदी छन् । भारतीय सञ्चार माध्यमले जनाएअनुसार मोदीको ट्विटर, फेसबुक, गूगल प्लस, लिंक्डइन, इन्स्टाग्राम, यूट्यूबइटमा क्रमशः २.६५ करोड, ३.९२ करोड, ३२ लाख, १९ लाख, ५८ लाख, ५९ लाख फ्लोअर्स छन् ।
उनको मोबाइल एपलाई एक करोडले डाउनलोड गरेका छन् । राजनीतिक नेताहरुका जति पनि एप छन्, उनीहरुमा यो संख्या सबैभन्दा धेरै हो ।















प्रतिक्रिया