५ मंसिर २०८३, शनिबार

गाउँपालिका र नगरपालिकाको सीमाङ्कन ठीक छैन, खारेज गरौँ : रामचन्द्र पौडेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ७ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्ने प्रमुख दायित्व रहेको भन्दै चुनावलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

संसदमा विशेष समय लिएर बोल्दै कांग्रेसका नेता पौडेलले संविधान संशोधनमा देखिएका केही असहमतिलाई छलफल गरेर मिलाइ निर्वाचन मिति घोषणा गरेर चुनावमा जानुपर्ने बताए । उनले पहिला संविधान संशोधनलाई मिलेर टुङ्गो लगाइनु पर्ने बताए ।

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवदेन आफूलाई चित्त नबुझेको बताए । उनले भने, ‘गाउँपालिका र नगरपालिका अत्यन्तै ठूला–ठूला भएका छन् । त्यो अव्यवहारिक छ ।’ उनले जथाभावी रुपमा गाउँपालिका र नगरपालिकाको सीमाङ्कन गरिएको बताए ।

निर्वाचन गर्ने कुरामा सबैको सहमति हुनुपर्ने भन्दै नेता पौडेलले स्थानीय निकायको भए पनि स्थानीय तह जे भए पनि तोकिएको समयभित्र निर्वाचन गर्नुपर्ने बताए ।

‘संसदको चुनाव गरेर अरु चुनाव पछि गरौँला भन्ने कुरा मान्न सकिँदैन । पहिला तलबाट चुनाव गर्दै जानुपर्छ’, उनले भने, ‘सरकारले स्थानीय तहको चुनाव सरकारले छिटो घोषणा गरोस् ।’ उनले राजनीतिक छिनोफानो गरेर आर्थिक क्रान्तिको बाटोमा जानुपर्ने बताए ।

‘संविधान कार्यान्वयनका लागि चुनाव अनिर्वाय छ । चुनाव भएन भने हामी सबैको अस्तित्व खतरामा पर्नेछ’, उनले भने, ‘तराई मधेसका जनताको अधिकारका लागि पनि हामीले नै ध्यान दिने हो ।’