काठमाडौं, ६ माघ । चीनले परमाणु आपूर्तिकर्ता समूह (न्युक्लियर सप्लायर ग्रुप–एनएसजी) मा सदस्यताका लागि भारतलाई कुनै हालतमा समर्थन नगर्ने अडान दोहोर्याएको छ ।
चीनले पहिलादेखि नै परमाणु अप्रसार सन्धी (एनपीटी)मा हस्ताक्षर नगरिकन भारतलाई एनएसजी सदस्यता दिन नहुने अडान राख्दै आएको छ ।
विश्वका धेरै देशले एनएसजी सदस्यतामा भारतलाई समर्थन गरेपनि स्थायी सदस्य राष्ट्र चीनले भिटो लगाउँदै आएको छ ।

यसैबीच चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले बुधबार आयोजित पत्रकार सम्मेलनमा एनएसजी सदस्यतामा चीनको अडानमा कुनै परिवर्तन नआएको र यथास्थितीमा भारतलाई कुनै हालतमा समर्थन गर्न नसकिने बताइन् ।
उनले एनएसजी सदस्यताले दुई देशको सम्बन्धनमा असर नपरोस भन्ने चीन सरकारको मान्यता रहेको बताइन् । यद्यपी चीनले एनएसजी सदस्यताका लागि भारतले गत वर्ष गरेको प्रयासलाई भिटो लगाएर रोकिदिएको थियो ।
भारतले एनपीटीमा हस्ताक्षर नगरिकनै सिधै एनएसजीको स्थायी सदस्य बन्न लबिङ गर्दै आएको छ ।












प्रतिक्रिया