२ कार्तिक २०८३, सोमबार

पतिलाई धोका दिएर अर्कैसँग डेटमा छिन् यी हिरोइन, युवराजसँग पनि थलेको थियो अफेयर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । भारतीय क्रिकेटर युवराज सिंहकी पूर्व प्रेमीका एक्टर किम शर्मा फेरी एक पटक चर्चामा आएकी छन् । क्रिकेटर सिंहसंग अफेयर हुँदा चर्चामा आएकी शर्मा अहिले एक फेसन डिजाइनरसंगको डेटमा रहेकाले चर्चामा आएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी अहिले मम्बईको एक फैशन डिजाइनर अर्जुन खन्नासंग डेटमा छिन् । यीं दुई धेरै पटक एक साथ देखिएका छन् । तर, यसबारेमा उनीहरुले कुनै खुलासा गरेका छैनन् ।

रोचक कुरा त के छ भने किम विवाहित हुन र अहिले पनि आफ्ना पति अली पुन्जानीसंगै बस्छिन् । उनलाई अब फेसन डिजाइनर खन्नाको अफयरले समस्या निम्याउन सक्छ ।

केही दिन पहिले पनि डब्बू रत्नानीको क्यालेण्डर लन्च पार्टीमा पनि किम र अर्जुन हातमा हात जोडर एक साथ देखिएका थिए । अर्जुन खन्ना पनि विवाहित हुन् ।

प्राप्त खबरअनुसार किम र अर्जुन अलीबागस्थित उनका खास मित्र लीना मुखीको मैंगो बीच हाउस रिजार्टमा पनि गएका थिए । यति मात्रै नभर्ई २१ जनवरीमा किमको जन्म दिनको मौकामा यीं दुवैजना गोवा जाने कार्यक्रम पनि रहेको खबर बाहिर आइएको छ ।

अली पुन्जानीसंंग विवाह गर्नुभन्दा अगाडि किम शर्मा स्पेनिश व्यायफ्रेण्ड कार्लोस मार्टिनसंग पनि डेटिङमा गएकी थिइन् । तर, उनले कुनै कारणले मार्टिनसंगको सम्बन्ध पनि तोडिन् । सन २०१० मा किम शर्माले केन्याका बिजनेसम्यान अली पुन्जानीसंग मोम्बासामा विवाह गरेकी थिइन् । अली पहिलेदेखि नै विवाहित थिए ।

उनी तीन बच्चा पिता थिए । आफ्नी पत्नीलाई डिभोर्स दिएर उनले किमसंग विवाह गरेका थिए । किम शर्मा सबैभन्दा पहिले क्रिकेटर युवराज सिंहसंग अफेयरमा थिइन् । यीं दुईको सम्बन्ध करिब चार वर्षसम्म चलेको थियो ।