२ कार्तिक २०८३, सोमबार

गायक नेम्वाङ कुनै बेला बाबु बोगटीसँगै एउटै रुपमा बस्थे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुनै बेला राजधानीमा गायक एवम् नायक बाबु बोगटीसँग एउटै कोठामा बस्ने गरेका गायक उजन नेम्वाङ संघर्षका पाइला टेक्दैछन् । कुनै बेलाका उनका रुप पार्टनर बाबु बोगटी गायकका साथै सफल नायक पनि बनिसकेका छन् । बोगटीले नाम र दाम कमाइ सकेका छन् ।

तर उनकै साथ कुनै बेलासँगै बसेका उजन नेम्वाङ भने गायन र नृत्य निर्देशनमा संघर्ष गरिरहेका छन् । सीताराम ताजुपरियाको ‘गौरा दहको बजारैमा…’ बोलको गीत रिमेक गरेर गायनमा प्रवेश गरेका नेम्वाङले थुप्रै गीत गाइसकेका छन् । उनलाई यो रिमेक गीतले धेरैलाई चिन्ने मौका दियो । त्यसपछि गायक नेम्वाङले ‘सुवेदारकी छोरी…’ गाए । यो उनको पहिलो गीत थियो ।

गायन र नृत्य निर्देशनलाई एकसाथ अगाडि बढाएका गायक नेम्वाङ कुशल नृत्य निर्देशक पनि हुन् । सुरुवाती दिनमा फिल्ममा नृत्य निर्देशनमा सहायक निर्देशक भएर काम गरेका नेम्वाङले अहिले भने आफै म्युजिक भिडियोहरूमा निर्देशन गर्छन् । ‘गायनले मात्रै नहुँदो रहेछ’, उनले भने, ‘म्युजिक भिडियो निर्देशनबाट राम्रो रेस्पान्स आउने गरेको छ ।’

नारायण गोपाल, रामकृष्ण ढकालका गीतबाट प्रभावित गायक नेम्वाङले कैलाश राईसँग गायन सिकेका हुन् । त्यसपछि उनले चण्डिराज काफ्लेसँग गीत संगीतका विषयमा औपचारिक शिक्षा लिएका हुन् । उनले सांस्कृतिक संस्थानबाट छात्रवृत्तीमा नृत्य र संगीतको अध्ययन पनि गरेका छन् । सांस्कृतिक संस्थानमा उनले सुरेशराज शर्मासँग सांगीत सिक्ने मौका पाएका थिए ।

गायक नेम्वाङले आफ्नै स्वरमा ‘तिम्रो याद अझै आउ…’ बोलको गीत गाएका छन् । यो गीतबाट उनले धेरै अपेक्षा लिएका छन् । ‘गीत राम्रो बनेको छ’, नेम्वाङले भने, ‘गीतले मेरा दर्शक स्रोतालाई निरास बनाउने छैन ।’