काठमाडौं, ४ माघ । जाम्बियाका नवनिर्वाचित राष्ट्रपति अदामा बैरोका आठ वर्षीय छोराको कुकुरको टोकाइबाट मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमकाअनुसार हबीबू बैरोको आइतबार राजधानी बंजुलस्थित मंजई अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
तर, राष्ट्रपति बैरो आफ्नो छोराको अन्तिम संस्कारका सामेल हुन पाएनन् । सुरक्षाका दृष्टिले उनलाई सेनेगलमै रहन सुझाव आएको थियो ।
बैरोले अघिल्लो वर्ष भएको चुनावमा जित हाँसिल गरेका थिए । तर, वर्तमान राष्ट्रपति याह्या जमेहले चुनावको नतिजालाई स्वीकार गरेका थिएनन् ।
स्थानीय संस्था इकोवाजले बैरोलाई आइतबारसम्म सेनेगलमै रहन सुझाव दिइएको छ । बैरो विहीबार राष्ट्रपति पदको शपथ लिन जाँदैछन् ।
यद्यपी मौजूदा राष्ट्रपति जमेहलाई हटाउनका लागि सैनिक हस्तक्षेपको विकल्प पनि लिन सक्ने अनुमान गरिएको छ ।
त्यस्तै, बैरोको शपथग्रहण रोक्नका लागि जमेहले पनि कुनै विकल्प खोज्न सक्ने बताइएको छ ।















प्रतिक्रिया