२८ आश्विन २०८३, बुधबार

चीन र अमेरिकाबीच खटपट शुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइझिङ, ४ पुस । चीनको एक सरकारी पत्रिकाले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको कडा आलोचना गर्दै आगोसँग खेल्न खोजिरहेको बताएको छ ।

एक चीन नीतिमाथि पटक पटक प्रश्न उठाउँदै आएका उनले शुक्रबार दिएको एक अन्तर्वार्ताका क्रममा एक चीन नीतिका बारेमा कुराकानी हुनुपर्ने बताएपछि चीन ट्रम्पसँग रुष्ट बनेको हो ।

अमेरिकाले सन् १९७९ मा एक चीन नीतिलाई स्वीकार गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध भंग गरेको थियो । चीनले ताइवानलाई अलग प्रान्तका रुपमा मान्दै आएको छ ।

शुक्रबार वालस्ट्रिट जर्नललाई दिएको अन्तर्वार्ताका क्रममा उनले चीनसँग एक चीन नीतिसहित सबै कुरामा छलफल गर्न तयार रहेको बताएका थिए ।

चाइना डेलीले सोमबार कडा सम्पादकीय लेख्दै ट्रम्पले ताइवानको मुद्दामा आगोसँग खेलिरहेको चेतावनी दिएको हो ।

यसअघि नै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु कांगले एक चीन नीति बहसको विषय नभएको भन्दै ट्रम्पलाई चेतावनी दिइसकेका छन् । – एजेन्सी