३ कार्तिक २०८३, मंगलबार

सानको नेतृत्वमा भैरहवामा हुँदैछ शानदार मेला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, ३ माघ । सिद्धार्थ होटल एशोसियसन (सान)को आयोजना तथा रुपन्देही क्रिकेट संघ(कार) को सहआयोजनामा भैरहवामा राष्ट्रिय पर्यटन प्रबद्र्धन, कृषि तथा औद्योगिक ब्यापार मेला २०७३ हुने भएको छ । यही माघ २५ गते देखि फागुन ७ गते सम्म संचालन हुने व्यापार मेलाको तयारी तीव्र रुपमा भईरहेको आयोजक संस्था सानका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी गराएका छन् ।

“आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरौँ, घुमफिर वर्ष २०७३ लाई सफल पारौँ” भन्ने मुल नाराका साथ सानले भैरहवा बेलहिया सडक खण्डको डण्डा पुल नजिकै सो कार्यक्रम गर्न लागेको आयोजकले पत्रकार सम्मेलनगरी जानकारी गराएका हुन् ।

अध्यक्ष श्रेष्ठले भने ‘सानको आयोजनामा हुने मेला विशेषगरी पर्यटन, उद्योग र व्यापार लक्षीत हुने छ । उक्त मेला अवलोकन गर्न आन्तरिक पर्यटकको साथ साथै विदेशी पर्यटकको पनि ओइरो लाग्ने विश्वास लिएका छौं ।’

सानको आयोजनामा हुन थालेको उक्त मेलामा कृषी,उद्योग, ब्यापार, हस्तकला, तयारी पोशाक, छाला जुत्ता, खाद्यान्न, अटोमोबाईल्स, बैंक तथा बित्तिय सस्था, सूचना प्रबिधी, रेष्टुरेृन्ट, बिद्युतिय सामग्री लगायतका २ सय ६५ स्टल रहने सानका सचिब रबिन्द्र शर्मा घिमिरेले जानकारी दिए । उनका अनुार होटल तथा रेष्टुरेन्ट तर्फ १५, बैंक विमा ५, कृर्षी ३०, निर्माण सामग्री २०, अटोमोबाइल्स १५, खाद्यान्न ३०, हस्तकला २०, फैन्सी ५०, प्लास्टीकजन्य सामग्री १०, इलेक्टोनि तथा इलेक्ट्रीक १०, नेपाली जुत्ता चप्पल २०, ब्याग १० र विविध ४० किसीमका स्टल रहने छन् ।

भैरहवामा विगतमा हुने मेला भन्दा यसपटकको मेला भौगोलिक र सहभागीताका दृष्टिले पृथक र महत्वपुर्ण हुने मेला सहआयोजक संस्था रुपन्देही क्रिकेट संघ(कार) का अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए । उनले भने ‘मेला आयोजना स्थल डण्डा पुल नजिकैको भूभाग पहाडी भूभाग जस्तै अग्लो र होंचो पनि रहेको छ भने छेऊमै डण्डा नदिको शितलता पनि अनुभव गर्न सकिने भएकोले दर्शकहरुको सहभागीता उत्साहजनक हुने अपेक्षा गरेका छौं ।’

विगतका वर्षमा सिद्धार्थ उद्योग वाणिज्य संघ र उद्योग व्यापार संगठनले भैरहवामा मेला महोत्सव आयोजना गर्दाका महत्वपुर्ण र राम्रा पक्षको सिको गर्दै सानले मेलामा नयां प्रस्तुतिको रुपमा डण्डा नदीमा बोटिंग र फिसींग गर्ने, उटको नाच प्रदर्शन, हात्ति सवार , विद्यालय स्तरीइ नृत्य प्रतियोगिता, वृहत सास्कृतिक कार्यक्रम, कुस्ती प्रतियोगिता, लुम्बिनीको डेमोन्सट्रेशन प्राथमिकता दिदैं मेलालाई शानदार बनाउने कोसीस गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । मेलामा आउने पर्यटकहरुका लागी मेलास्थलमा बुद्धजन्मस्थल लुम्बिनीमा रहेको मायादेबी मन्दीरको प्रतिकात्मक रुपमा बनाई त्यस भित्र बुद्ध जीबनीमा आधारीत बिभिन्न तस्बिरहरु प्रदर्शनी समेत गरिने भएको छ ।

मेला अवधीभर कम्तीमा ३ देखी ५ लाख दर्शकले अवलोकन गर्ने र करिब ६५ देखी ८० लाखको आर्थिक कारोबार हुने आयोजकले बताएका छन् । डण्डा पुल नजिकै रहेको सिता नर्सरीको छेऊको ६ विगाह क्षेत्रफलको जग्गामा आयोजना गरिने मेला स्थलमा लुम्बिनीमा पर्यटकहरुको चासोलाई अभिबृद्धि गर्ने खालको झांकीहरुको प्रस्तुति, भगवान गौतम बुद्धको पबित्र जन्मस्थली लुम्बिनीसम्म आन्तरीक तथा वहय पर्यटकहरुको सहज आवागमनको व्यवस्था गर्ने, स्थानिय पर्यटन बिकास तथा स्थानिय सिप र साधनको प्रयोग हुने घरेलु उत्पादनको बढावाको लागि बिभिन्न सरोकारवालाहरुलाई एकै स्थलमा ल्याई वृहत छलफल गोष्ठीको समेत आयोजना गरीने सानका सचिब रबिन्द्र शर्मा घिमिरेले बताए । दुई हप्ता सम्म सञ्चालन हुने मेलामा बाल उद्यानका साथै बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत हुने पत्रकार सम्मेलनमा जानकारी गराईयो । राष्ट्रिय पर्यटन प्रबद्र्धन तथा, कृषि तथा औद्योगिक ब्यापार मेला २०७३ को उदघाटन उपराष्ट्रपति नन्दकिशोर पुन बाट गराउने तयारी आयोजकले गरेका छन् ।

स्थायी मन्डप खोज्न सरोकारवालाको सुझाब

सानले राष्ट्रिय पर्यटन प्रबद्र्धन, कृषि तथा औद्योगिक ब्यापार मेला २०७३ को आयोजना गरिरहदा सरोकारवालाले भने स्थायी मण्डपको खोजी गर्न आयोजकलाई सुझाव दिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष विष्णु प्रसाद शर्माले भैरहवामा ठूलो आमसभा तथा महोत्सव गर्ने खुल्ला ठाऊकोलागी पहल गर्दै धेरैपटक मन्त्रालय र केन्द्रमा धाएता पनि सफल नहुदां पछिल्लो समय ब्यापार मेला प्रभावित भएको बताए । शर्माकै नेतृत्वमा २ पटक सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा महोत्सव सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सानका सल्लाहकार समेत रहेका शर्माले भने ‘सानले आयोजन ागर्न लागेको मेला सफल हुनेमा विश्वास लिएको छु तर म अहिले पनि भन्न चाहन्छु सबै पक्ष मिलेर भैरहवामा स्थायी मेला महोत्सवकोलागी जग्गा खोज्नुपर्दछ ।’

सोही अवसरमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगानाले काठमाण्डौं पछि सबैभन्दा बढी आर्थिक गतिविधी रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा हुने बताउदै भने ‘ यस्तो ठाऊमा मेला महोत्सवको स्थायी स्थान तत्काल आवश्यक भएको छ, त्यसको व्यवस्थापनमा सबै पक्ष एक भएर लाग्नुपर्दछ । सानको आयोजनामा हुने मेला सफल पार्न संस्थागत रुपमा लुम्बिनी प्रेस क्लब अग्रभागमा रहेर सहयोग गर्नेछ ।’

कार्यक्रममा नेपाली तथा भारतीय पत्रकारहरुले सानको आयोजनामा हुने मेलास्थल देखी सीमावर्ति भारतीय बजार सुनौली अत्यन्तै नजिक भएकोले भारतीय पर्यटक भित्राउनेगरी आयोजकले दुईदेशीय सुरक्षा निकायसंग आवश्यक सहकार्यगरेर यातयातको सहजतामा ध्यान दिएमा फलदायी हुने सुझाव दिएका थिए ।

भैरहवामा वि.स. २०६१ सालदेखी सिद्धार्थ उद्योग वाणिज्य संघले एक वर्ष विराएर औद्योगिक तथा व्यापार मेला महोत्सव स्थानीय सिद्धार्थ रंगसालामा गर्दै आएको थियो । तालिका अनुसार यहि माघको १३ गतेदेखी लुम्बिनी औद्योगिक पर्यटन तथा कृषी मेला गर्नेगरी मिती पनि तय गरिसकेको छ तर स्थान अभावको कारण समयमै मेला गर्न अफ्ठयारो परेको संघका कोषाध्यक्ष जिवलाल अर्यालले बताएका छन् ।

यसैगरी राष्ट्रिय उद्योग व्यापार संगठन (उद्योग व्यापार संगठन) रुपन्देहीले वि.स. २०६६, ०६८ र ०७० सालमा राष्ट्रिय औद्योगिक तथा व्यापार मेला भब्य रुपमा गरेको भएता पनि २०७२ मा गर्न सकेन । नियमित रुपमा गर्दै आएको मेला एकाएक रोक्नुको मुख्य कारण स्थान अभाव नै भएको उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष खिमबहादुर खत्रीले बताए ।

भैरहवामा मेला महोत्सव तथा आमसभा हुने ठाऊ सिद्धार्थ रंगसाला थियो । जहां अहिले अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण भइरहेको छ । क्रिकेट संघको स्वामित्वमा रहेको उक्त मैदानमा तार जाली र अन्य क्रिकेटका पूर्वाधार तयार भइरहेको हुदां सो ठाऊमा मेल ागर्न नमिलेको संघका अध्यक्ष मल्लले बताए । उनले भने ‘ दुखःका साथ हामीले मह्त्वपुर्ण मेलाकोलागी स्थान उपलब्ध गराउन सकेनौं ।‘

भैरहवामा एकैपटक ठूलो आमसभा मेला आयोजन ागर्नकोलागी खुल्ला स्थान अभाव देखिएपछि सबै चिन्तीत भएका छन् । भैरहवा क्षेत्रबाटै निर्वाचित सांसद दिपक बोहरा सरकारको मन्त्री छन् । यहिंकै ७ जना सांसद छन्, आर्थिक गतिविधीका दृष्टिले भैरहवा अति नै महत्वपुर्ण छ ।

विभिन्न राष्ट्रिय गौरबका आयोजना निर्माण भइरहेका छन् तर ठूलो राष्ट्रिय स्तरको खुल्ला कार्यक्रम गर्ने स्थान अभाव हुदां भैरहवा मणी हराएको नाग जस्तै त हुने हैन भनेर सबैले चिन्ता व्यक्त गर्न थालेका छन् । अहिले सामन्यतया सिद्धार्थ नगरकै शंकरपुरमा रहेको जग्गा, अन्चलपुरको भैलुभुजाको जग्गा, कैलासनगर छेऊको जग्गा सरकारी स्तरबाट व्यवस्थापन गर्न सकिने मण्डप स्थल बन्न सक्छन् भने सरकारले उपयुक्त ठाऊमा जग्गा खरिद वा सट्टापट्टा गरेर भएपनि मण्डप स्थलको व्यवस्थापन गर्नुपर्ने सरोकारवाला बताउंछन् ।