काठमाडौं, ३ माघ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता एनपी साउदले सहमतिमै निर्वाचन हुने बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लब आयोजित साक्षात्कारमा नेता साउदले मधेशकेन्द्रित दलहरुलाईपनि सहमतिमै लैजाने र मुलुकलाई चुनावमा केन्द्रित गर्नको लागि आफ्नो पार्टीले पहलकदमी लिइरहेको जानकारी गराउँदै भने, ‘चुनाव गर्नको लागि काँग्रेसले पहलदकमी लिईरहेको छ, स्थानीय तहको हुन्छ भने तहको नभए स्थानीय निकायको चुनाव गर्नुपर्छ, जुनमा सहमति हुन्छ, त्यसको चुनाव गराउनुपर्छ ।’
उनले आगामी माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव गर्नुपर्ने कुरालाई सबैले मनन गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै भने, ‘सम्भव हुन्छ भने स्थानीय तहको निर्वाचन चैत्रमा गर्नुपर्छ ।’
साउदले अहिले संघको वा प्रदेश सभाको चुनाव गर्छु भन्नु बलमिच्याँई बाहेक अरु केही नहुने समेत जिकिर गरे ।
संविधान संशोधन विद्येयक संसदमा टेबुल भएको र यो स्वामित्वको विषय भएकोले प्रमुख प्रतिपक्षी दल एमाले र मधेशी मोर्चा दुवैले लचकता अपनाउनुपर्नेमा उनको जोड छ ।












प्रतिक्रिया