ललितपुर, ३ माघ । ललितपुरको जावलाखेलस्थित खेलमैदानमा आयोजित कन्सर्टमा ग्याङ्गफाईट गरी एक युवकमाथि चक्कु प्रहार गर्ने मध्येका केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले ग्याङ्ग फाइट गर्नेमध्येका रोहित थापा र रमन श्रेष्ठलाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा म्याद थप गरि अनुसन्धान कार्य अगाडि बढाएको छ ।
त्यस्तै सोही समूहमा भएका भोटे भन्ने निमा लामा लगायतकालाई खोजी गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुले ललितपुर तिखेदेवल बस्ने मिलन तामाङ्गलाई चक्कु प्रहार गरि सख्त घाइते बताएका थिए । उनलाई अल्का अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
सोही कन्सर्टमा हो–हल्ला, ढुङ्गामुढा प्रहार गरि अशान्ति फैलाउने र ग्याङ्ग फाईट गराउन उत्प्रेरित गर्ने ११ जनालाई पनि सार्वजनिक अपराध मुद्दा लगाइएको प्रहरीले जनाएको छ ।
पटके चोर पक्राउ
यसैगरी ललितपुरमै पटक पटक चोरीमा संलग्न हुँदै र पक्राउ पर्दै आएका एक व्यक्तिलाई प्रहरीले फेरि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले रामेछाप घ भई हाल ललितपुर उपमहानगरपालिका–२१ छावहालमा बस्दै आएका रुपेश मन्ने २२ वर्षीय रुद्रलाल श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनले छावहालमै डेरा गरि बस्ने केशरी श्रेष्ठको कोटाको ताला काटेर साढे २ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए । उनले कोठामा कोही नभएको अवस्थामा ताला फोडेर सुन, चाँदीका गरगहना, नगदलगायत चोरी गरेका थिए । उनीमाथि चोरी मुद्दामा अनुसन्धान भइरहेको छ ।
उनी चार महिनाअघि पनि एयरपोर्ट नजिक रहेको एटिएम फोडेर चोरी मुद्दामा पक्राउ परेका थिए । त्यो बेला धरौटीमा छुटेका उनले एक वर्ष अगाडि पनि ललितपुर कुमारीपाटीस्थित रहेको चोङ्गतेली स्टोमा चोरी चोरी गरेका थिए ।












प्रतिक्रिया