– गणेश जोशी
यूएई, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रकै सहमतिमा संविधान संशोधन हुने दाबी गरेका छन् ।
चार दिने यूएई भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आवुधाबीस्थित नेपाली दूतावासमा आयोजित अन्तरक्रियामा प्रमुख तीन दलकै सहमतिका आधारमा संविधान सशोधन हुने खुलाशा गरेका हुन् । सबै राजनीतिक दल र जन कदरसहित सविधान सशोधन गरी सरकारले चुनावको मिति तय गर्ने उनको भनाई थियो ।
समृद्ध नेपालका निर्माणका निमित्त प्रमुख तीन दल एकै ठाउँमा आउनुको विकल्प नरहेको भन्दै उनले राजनीतिक घटनाक्रम सहमतिका आधारमै अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रवाशी नेपाली मञ्च यूएइका अध्यक्ष श्याम कँडेलले देशको राजनीतिक अबस्था र जनहित बिपरित संविधान सशोधनको प्रस्ताव राष्ट्रघाति भएको भन्दै फिर्ता लिन आग्रह गरेका थिए ।
अमर बम रिहाइका लागि उच्च तहमा कुरा गर्ने
यसैबीच प्रधानमन्त्री प्रचण्डले यूएइको कारागारमा आजीवन जेल जीवन बिताइरहेका दार्चुलाका अमर बम रिहाइको लागि युएई सरकारको उच्च तहमा आफूले कुरा गर्ने आश्वासन दिएका छन् ।
प्रवाशी नेपाली मञ्च यूएइले अमर बमलाई आम माफी दिई रिहाइका गर्नका लागि पहल गर्न अपिल गरेपछि प्रधानमन्त्री दाहालले कुरा गर्ने बताएका हुन् ।
यूएइमा नेपालीहरूले भोग्दै आएका समस्या, भिजिट भिषामा यूएई आइ अलपत्र पर्ने युवाहरूको समस्याका बारेमा पनि पहल गरिदिन प्रवासी नेपाली मञ्चका अध्यक्ष कडेलले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए ।












प्रतिक्रिया