काठमाडौं, ३ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निवर्तमान सिइओ सुशील ज्ञवालीले सर्बोच्च अदालतमा रिट दायर गरेका छन् ।
आफ्नो पदावधी बाँकी नै रहेको अवस्थामा सरकारले गैरकानूनी रुपमा आफूलाई हटाएको दाबी गर्दै ज्ञवालीले आइतबार अपराह्न रिट दायर गरेका हुन् ।
रिटमा उनलेसरकारी निर्णयबिरुद्ध अन्तरिम आदेशको माग गरेका छन् ।
सरकारले बुधबार काम सन्तोषजनक नभएको भन्दै ज्ञवालीलाई हटाएर कांग्रेसनिकट गोविन्द पोखरेललाई प्राधिकरणको सिइओ नियुक्त गरेको थियो । यो निर्णयलाई एमालेले राजनीतिक प्रतिशोध भनेको थियो ।
ज्ञवालीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले पाँच वर्षका लागि प्राधिकरणको सीईओमा नियुक्त गरेको थियो ।












प्रतिक्रिया