काठमाडौं । वर्ल्ड कभर मिडियाको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘नेटवर्क’ले आफ्नो प्रदर्शन मिति तय गर्दै चलचित्रको फष्ट लुक पोष्टर तथा ट्रेलर सार्वजनिक गरेको छ ।
माघको पहिलो हप्ताको ७ गते सामाजिक कथा बोकेको चलचित्र ‘नेटवर्क’ प्रदर्शनमा आउने भएको छ ।
निर्देशक नरेन्द्र बहादुर धामी द्वारा निर्देशित यस चलचित्रमा लागु औषधबिरुद्ध युवा आफै जागरुक हुनु पर्छ र त्यसको लागि समाज र अभिभाबकको महत्वपूर्ण भूमिका हुन आउछ भन्ने संदेश सहित आफ्नै ठाउँमा, आफ्नै चेलीबेटी, आफ्नै आँखा अगाडी स्वतस्फुर्त रुपमा बेचिएको घटना समेत देखाउन खोजिएको छ । साथै चलचित्रमा बालमनोबिज्ञान संग पनि आधारित रहेको बताए निर्देशक धामीले ।
सार्वजनिक पोष्टरमा फिल्मका लागि प्रमुख कलाकारहरु बिजय केसी, कृष्ण भट्टराई, निरु बुडा मगर र निशा तामांङ्ग लगायतका लाई फिचर गरिएको छ ।















प्रतिक्रिया