३ कार्तिक २०८३, मंगलबार

जलविद्युतमा दुई अर्ब बढीको लगानी प्रतिबद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ माघ । ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममा हालसम्म रु दुई अर्ब ११ करोड ७६ लाख ८५ हजार रकमको प्रतिबद्धता प्राप्त भएको छ ।

मन्त्रालयले अनलाइनमार्फत जलविद्युत् आयोजनामा लगानीका लागि पहिलो चरणमा नागरिकसँग प्रतिबद्धता जनाउन आग्रह गरेको थियो । मन्त्रालयकाअनुसार हालसम्म व्यक्तिगत रुपमा २१ हजार ८२४ जनाले लगानीको प्रतिबद्धता जनाएका छन् । व्यक्तिगत रुपमा रु दुई अर्ब ५१ लाख तथा २१ वटा संस्थाले रु ६६ करोड १७ लाख ५० हजारको प्रतिबद्धता प्राप्त भएको छ । रासस