४ मंसिर २०८३, शुक्रबार

गणतन्त्र स्थापनापछि पहिलोपटक पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रपतिलाई शीतल निवासमा भेट्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहबीच गणतन्त्र स्थापनापछि पहिलो पटक भेटघाट हुने भएको छ ।

भोलि (सोमबार) पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी कोमलसहित राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाहको अवसरमा शीतलनिवास जान लागेका हुन् ।

राष्ट्रपति भण्डारीले निम्तो कार्ड पठाएपछि पूर्व रानीसहित पूर्वराजा ज्ञानेन्द्र विवाहको निम्तो मान्न मध्यान्ह सवा १२ बजे शीतल निवास पुग्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

कान्छी छोरी निशाकुसुमको पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेक यादवसँग राष्ट्रपति भवनभित्रै भोलि विहे हुँदैछ ।