२ कार्तिक २०८३, सोमबार

सुटिङमै घाइते भइन् प्रियंका, अस्पताल भर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउड टिभी शो ‘क्वान्टिको’को सुटिङ गर्दागर्दै घाइते भएकी छन् । उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको छ ।

र, अहिले उनी अस्पतालबाट डिस्चार्ज भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । समाचार अनुसार उनी अहिले घरमै आराम गरिरहेकी छिन् । उनी बिहीबार एक सिन सुट गर्ने क्रममा घाइते भएकी थिइन् ।

प्रियंकाको सुटि युनिटले पनि उनी अहिले घरमै आराम गरिरहेको र एक हप्ता पछि पुन सुटिङमा फर्कने जनाएको छ ।