३ कार्तिक २०८३, मंगलबार

लहानमा सहकारी बैंकको अन्तरक्रिया

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २९ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय सिराहाको आयोजनामा लाहानमा सहकारी संघ संस्थाहरुबीच अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी क्षेत्रको एक मात्र बैंकका रुपमा स्थापित र देशव्यापी सञ्जाल भएको सहकारी बैंकले वित्तीय लगायतका क्षेत्रमा सहकारीहरुलाई सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँले बैंकमार्फत सदस्य संघ संस्थाहरुलाई वित्तीय सुविधासंगै शिक्षा तथा तालिम, वैदेशिक भ्रमण, प्रविधिको प्रयोग लगायत संस्थागत सुशासनका विषयमा सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले बैकले दिने सेवा सुविधा, भावि योजना, बैंकका ब्रान्चलेस कारोबार, गरिवी न्यूनिकरणमा बैंकको भूमिका, एटिएम सञ्चालनको तयारी लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालय सिराहाका प्रमुख रामप्रसाद सुवेदीले सबै सहकारी संघ संस्थाहरु सहकारी बैंकमा आवद्ध भएर बैंकले दिने सेवा सुविधा उपयोग गर्न आग्रह गर्नु भयो ।

नेपाल केन्द्रीय कृषि सहकारी संघका सञ्चालक मागेन कामैतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।