काठमाडौं, २९ पुस । सानिमा बैंक लिमिटेडले बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति (ब्अत्रगष्कष्तयल) पश्चात सानिमा बैंक लिमिटेडको नामबाट शक्रबार (आजदेखि) बाट एकिकृत कारोबार शुरु गरेको छ ।
हरिवनमा आयोजित एक समारोहको बिच प्राप्ति कार्यको शुभारम्भ सानिमाका ब्य्रान्ड प्रर्वद्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका संचालक समितिका सदस्यद्वय भरतकुमार पोखरोल र महेश घिमिरेले संयुक्त रुपमा गर्नुभयो । अब सानिमा बैंकको शाखा संजालमा हरिवन तथा लालबन्दी शाखाहरु पनि थपिएका छन् ।

सानिमा बैंकका संचालक समितिका सदस्यद्वारा प्राप्ति पश्चात सानिमा बैंकले हरिवन र लालबन्दी शाखाबाट पनि सम्पूर्ण बित्तीय सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । समुद्घाटन समारोहमा मह जोडीले बैंक प्राप्ति कार्य सम्पन्न भएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नुभयो ।
प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी रु. ५ अर्ब ३० करोड पुगेको छ । साथै, मेचीदेखि महाकालीसम्म शाखा संजाल ४३ वटा तथा ए.टि.एम संख्या ४९ वटा पुगेको छ ।
२०७३ आषाढ मसान्तको लेखापरिक्षण गरिएको प्रमुख वित्तीय झलक:
निष्कृय कर्जा ०.०२%
कर्जा निक्षेप अनुपात ७६.०७%
रियल स्टेट कर्जा ९.८५%
पुँजीकोष १२.३६%
















प्रतिक्रिया