मुम्बई । ‘बीग बोस’ सीजन–१० बाट निकालिएका ओम स्वामीले बलिउड अभिनेता सलमान खानलाई कुट्ने धम्की दिएका छन् ।
उनले सीजन–१० को फाइनलमा नबोलाए फाइनल कार्यक्रम हुन नदिने र आफै एक लाख मानिस लगेर सलमानलाई पिट्ने धम्की दिएका हुन् ।
समाचार संस्था एएनआईलाई दिएको अन्तरवार्तामा स्वामीले भने– ‘सलमान धोकेबाज हुन् । म २८ जनवरीका दिन एक लाख मानिसलाई लिएर जानेछु र मञ्चमै उनको पिटाई गर्नेछु । म उनलाई मार्नेछैन् किनकि म उनलाई प्रताडित गर्न चाहन्छु ।’















प्रतिक्रिया