२ कार्तिक २०८३, सोमबार

फिल्म मेकर कृषालाई ‘पलाँस’को कथा कसरी फुर्‍यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


– विलम योगी

काठमाडौं । फिल्म मेकरका रुपमा प्रसिद्धि कमाएकी कृषा चौलागाइँले फेरि अर्को दमदार फिल्म निर्माण गरेकी छिन् । झण्डै दुई वर्षको अध्ययनपछि कृषाले ‘पलाँस’ निर्माण गरेकी हुन् । ‘पलाँस’लाई फागुनको अन्तिमसातातिर रिलिजको तयारीमा कृषा छिन् ।

पोष्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुर्‍याएकी कृषाले भनिन्, ‘झण्डै दुई वर्षको अध्ययनपछि ‘पलाँस’ बनाएकी हुँ ।’ ‘पलाँस’ निर्माण गर्ने साइत कसरी जुर्‍यो त ? भन्ने प्रश्नमा कृषाले भनिन्, ‘एउटा कार्यक्रमका लागि गाउँमा गएको थिएँ । एउटी महिलाको बास्तविक जीवन आफैले देखे । त्यसपछि फिल्म बनाउने योजना बन्यो ।’ ‘पलाँस’ नारी प्रधान फिल्म हो । फिल्मको शूटिङ ३२ दिनमै सक्किएको थियो ।

फिल्ममा अभिनेत्री रेखा थापा, कामेश्वर चौरसिया, आयुर के.सी.लगायतको अभिनय छ । ‘पलाँस’मा रेखा अत्यन्तै सुन्दर देखिएकी छिन् । रेखाको अभिनय यसमा अरुभन्दा धेरै फरक छ । साधारण गाउँ र ठूलो शहरको विषयलाई कथा बनाइएको ‘पलाँस’ले समाजमा जनचेतना फैलाउनेमा कृषा विश्वस्त छिन् । भन्छिन्, ‘समाजलाई केही सन्देश दिने खालको कथावस्तु ‘पलाँस’ले बोकेको छ ।’

‘पलाँस’ कमर्सियल फिल्म बनेको छ । फिल्ममा आवश्यक पर्ने सबै मसला छन् । मल्टिप्लेकसका साथ मुलुकभरिका सबै हलहरूमा एकसाथ रिलिजको तयारीमा कृषा लागेकी छिन् । ‘फिल्म निर्माण गर्नुभन्दा रिलिज गर्न ठूलो संघर्ष गर्नुपर्छ । च्यालेञ्जिङको कुरा छ’, उनले भनिन्, ‘फिल्म राम्रो बनाएर मात्रै पुग्दैन । पब्लिसिटी र व्यवस्थापन उत्तिकै महत्वपूर्ण छ ।’

तपाईको फिल्म ‘पलाँस’ चल्ने आधार के छ ? भन्ने प्रश्नमा फिल्म मेकर कृषाले भनिन्, ‘‘छक्कापञ्जा’, ‘जात्रा’ जस्ता फिल्महरूलाई दर्शकले मन पराइदिनुभएको छ । अहिले नेपाली फिल्महरू राम्रा पनि बनेका छन् । मेरो फिल्म पनि चल्छ । ‘पलाँस’ले राम्रो व्यापार गर्छ । बास्तविक कथावस्तु र मानव तस्करी कसरी हुन्छ भन्ने विषय उठाइएको छ ।’

फिल्मका निर्देशक सुवास कोइरालाले ‘पलाँस’मा जीवन भरेका हुन् । ‘ड्रामामा ‘पलाँस’ले नयाँ जीवन पाएको छ’, कृषाले भनिन्, ‘मेलै बनाएका अहिलेसम्मका फिल्ममध्ये ‘पलास’को कथा र निर्माण पक्ष अत्याधिक राम्रो छ ।’

‘पलाँस’का संगीतकार अर्जुन पोखरेल र प्रदीप बास्तोला हुन् । पुरुष गायकको मात्रै स्वर रहेको ‘पलाँस’मा सुगम पोखरेल र युवराज चौलागाइँले गाएका छन् । फिल्मका द्वन्द्व निर्देशक सानुकुमार महर्जन हुन् । ‘पलाँस’लाई वितरणको जिम्मेवारी गोविन्द शाहीले लिएका छन् ।

विगत १७ वर्षदेखि फिल्म निर्माण गर्दै आएकी कृषाले ‘इन्साफ’, ‘के म तिम्रो साथी बन्न सक्छु’, ‘कसम हजुरको’ लगायतका फिल्म बनाइ सकेकी छिन् । यी सबै फिल्मबाट आफूलाई घाटा भने नभएको कृषाको दाबी छ । ‘म लक्की छु’, उनले भनिन्, ‘मैले जति फिल्म निर्माण गरे सबैले लगानी उठाएका छन् ।’

आफै पनि कुनै नायिकाभन्दा कम छैनिन्, कृषा । तपाई आफै पनि यति सुन्दर हुुनुहुन्छ किन नायिका भएर नखेलेको ? कृषाले तत्काल जवाफ दिइन, ‘म फिल्म मेकर हुँ । राम्रो फिल्म मेकर बन्न चाहन्छु । आफैले लगानी गरेको फिल्म खेल्ने त कुरै आउँदैन ?’ कृषाले अगाडि थपिन्, ‘मलाई राम्री भनिदिएकोमा तपाईलाई धन्यावाद ।’