काठमाडौं, २६ पुस । पुस महिनामा सुनको मूल्य बृद्धि भएको छ । पुस महिना लागेदेखि नै सुरु हुन थालेको सुनको मुल्य मंगलबारसम्म आएर ५४ हजार नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ५४ हजार १ सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिनभन्दा ३ सय रुपैयाँले महँगो हो । सोमबारसम्म सुनको मूल्य ५३ हजार ८०० रुपैयाँ थियो ।
त्यस्तै चाँदी प्रतितोला ७ सय ८५ रुपैयाँ कायम भएको छ । यो अघिल्लो दिनभन्दा ५ रुपैयाँले बढी हो । पुस १२ गते चाँदीको मूल्य साढे ७ सय रुपैयाँमा झरेको थियो ।















प्रतिक्रिया