अन्टार्टिका, २६ पुस । विश्वको सातौ ठूलो महादेशको सातौ ठूलो सर्बोच्च शिखर अन्टार्टिकाको भिन्सोंन मसिफमा कीर्तिमानी पर्वतारोही संजय पण्डितले नेपालको झन्डा फरफराएका छन् ।
नेपाली झन्डासंगै पण्डितले भादगाउँले टोपी शिरमा लगाएर भिन्सोंन मासिफमा उत्रिएका हुन् । उनले जनवरी ४ का दिन भिन्सोंन मसिफमा पाइला राख्न सफल भएका थिए ।
पण्डितले सोमबार अन्टार्टिकाको अर्को चर्चित पर्बत माउन्ट रजडम्यान आरोहण गरेका छन् । पण्डित सहितको टोलीले दक्षिण मोहडाबाट सफलता पूर्वक आरोहण गरेको हो ।
उनी करिब ५ मिनेट माउन्ट रजडम्यान अर्ध नंगिएर नेपाली राष्ट्रिय झन्डा फरफराउन सफल भएका छन् ।
पण्डितले उक्त हिमाल आरोहण गर्ने नेपालकै पहिलो पर्वतारोही बनेका छन् । पण्डितलाई अमेरिकी विश्वचर्चित आरोही १० पटक सगरमाथा आरोहण गर्न सफल वर्न तेजासले गाइड गरेका थिए ।
क्यानाडाका एलन किलर आरोही सहयात्री रहेका थिए । पण्डितले मौसम निकै प्रतिकुल हुँदा पनि आफूले सफल आरोहण गरेको बताए । उनले अन्टार्टिका अभियानमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् ।











प्रतिक्रिया