काठमाडौं, २५ पुस । लागूऔषध मुद्दामा सजाय सुनाइएका फरार प्रतिबादी लमजुङ्ग ढोडेनी वडा नम्बर २ का ७१ वर्षीय गजबहादुर गुरुङ पक्राउ परेका छन् ।
लागुऔषध मुद्दामा पुनरावेदन अदालत पाटनले २०५८ साल फाल्गुन २१ गते १५ बर्ष कैद र रु. ५ लाख जरीवानाको फैसलाले सुनाइएका गुरुङलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले लमजुङ्ग ढालेनीबाटै पक्राउ गरेको हो ।
फैसला कार्यान्वयन तथा कैद भुक्तानको लागि उनलाई केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।












प्रतिक्रिया