३ कार्तिक २०८३, मंगलबार

ग्लोबल आइएमई बैंक र मास्टर कार्डबीच सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । ग्लोबल आइएमई बैंक र मास्टर कार्ड बीच मास्टर कार्डको issuer र acquirer प्रशोधन सेवा पुर्याउने उद्धेश्यले सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा मास्टर कार्डका तर्फबाट पेमेन्ट सलुसनस, साउथ एशियाका सिनियर बिजनेस लिडर नरेन्द्र नन्दलले हस्ताक्षर गर्नुभयो ।

मास्टर कार्डले यस प्रकारको सेवा पहिलो पल्ट नेपालमा ग्लोबल आइएमई बैंकलाई उपलब्ध गराउने भएको छ जसबाट बैंकले आफ्ना ग्राहकहरुलाई अझ बढि सुरक्षित र छिटो भुक्तानी सुविधा प्रदान गर्ने छ ।

यस सम्झौता पश्चात मास्टर कार्डले ग्लोबल आइएमई बैंकलाई चाहिने सबै भुक्तानी नेटवर्कहरुलाई समर्थन गर्ने सेवा सुविधाहरु प्रदान गर्ने छ । यस साझेदारीबाट बैंकलाई डेविट, क्रेडिट र अन्य प्रकारका भुक्तानी कार्ड जारी गरी बजारमा cashless भुक्तानी प्रणली लागू गर्न मद्दत गर्ने छ ।

बैंकले ग्राहकहरुलाई सुरक्षित कार्ड सेवा प्रदान गर्नकोलागि नयाँ प्रविधिको चिप कार्ड पनि बजारमा ल्याई सकेको छ ।