१९ कार्तिक २०८३, बिहिबार

कक्षाकोठा सुधारका लागि सामग्री वितरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, २५ पुस । सार्वजनिक शिक्षा तथा गुणस्तर प्रवद्र्धनका लागि सम विकास केन्द्र नेपाल डोटीले विभिन्न २० वटा विद्यालयमा विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।

एक्शन एडको सहयोगमा सम विकास केन्द्र नेपालले सञ्चालन गरिरहेको स्थानीय श्रोतको प्रगतिशील परिचालनद्वारा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजना अन्तरगत सामाग्रिहरु वितरण गरिएको परियोजना संयोजक अधिराज बि.सि.ले जानकारी दिए ।

परियोजना लक्ष्यित क्षेत्रका २० वटा विद्यालयका कक्षा १, २ र ३ गरि ६० वटा कक्षा कोठाका लागि १ हजार ८० मिटर यति सुन्दर ब्राण्डको कार्पेट, १७ सय मिटर पि–फर्म, प्रत्येक कक्षामा रहने गरि ६० वटा काठको (जालीको ढोका सहीत लग वाला) ¥याक र तीन सय पचास थान कुशन वितरण गरिएको संयोजक बि.सि.ले जानकारी दिए ।

साना बालबालिकालाई सफा रहन र चिसोबाट जोगाई उनिहरुको दैनिक पठन पाठन एवं सिकाई उपलब्धिमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त सामाग्री वितरण गरिएको हो । सम्पूर्ण सामाग्रीहरु विद्यालय–विद्यालयमै पु¥याएर वितरण गरिएको छ ।
त्यसै गरि परियोजना लक्षित २० वटा विद्यालयका बालक्लबहरुलाई भलिबल, नेट, व्याटमिन्टन, लुडो, स्प्रीङ लगायतका खेल सामाग्री समेत वितरण गरिएको छ ।

गत वर्षदेखि सम विकास केन्द्र नेपालले ३ वर्षका लागि गुणस्तरिय शिक्षा प्रवद्र्धन परियोजना मुड्भरा, मुडेगाउँ, कपल्लेकी, भूमिराजमाण्डौं र दिपायल सिलगढी नगरपालिकाका २० वटा विद्यालयमा सञ्चालन गरिरहेको छ ।

उक्त परियोजना अन्तरगत स्थानीय स्रोतको प्रभावकारी परिचालन गर्न र स्थानीय निकायको स्रोत वृद्धि गर्नका लागी कर प्रणालीको न्यायोचित वितरण र कर शक्तिका बारेमा विद्यालयका शिक्षक, अभिभावक, विद्यालयका पदाधिकारी सदस्य तथा बालबालिका लगायत शिक्षा सरोकार समुहका सदस्यहरु र विभिन्न सरोकारवालाहरुबिच कर शक्तिका बारेमा छलफल चलाउँदै आएको छ ।