१९ कार्तिक २०८३, बिहिबार

स्वर्गीय पत्रकार बोहरालाई मरणोपरान्त ‘शुक्लाफाँटा पत्रकारिता पुरस्कार’ प्रदान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । कञ्चनपुरको भीमदत्तनगरस्थित शुक्लाफाँटा एफएमले यस वर्षको ‘शुक्लाफाँटा पत्रकारिता पुरस्कार २०७३’ मरणोपरान्त स्वर्गीय पत्रकार कर्ण बोहरालाई प्रदान गरेको छ ।

एफएमले पत्रकारिता क्षेत्रमा रहेर उत्कृष्ट काम गर्ने व्यक्तिलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ । एफएमले १० औं वार्षिकोत्सवमा बोहरालाई सम्मानसहित पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

पत्रकार बोहराको गत मंसिर १० गते निधन भएपछि उक्त पुरस्कार बोहराकी पत्नी ममतालाई प्रदान गरिएको छ ।

भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौलाको उपचार गराइरहेकी ममतालाई सोमबार भेटेरै पुरस्कार प्रदान गरिएको स्टेशन म्यानेजर विष्णु अवस्थीले जानकारी दिए ।

एफएमका अध्यक्ष यज्ञराज चटौत र स्टेशन म्यानेजर अवस्थीले संयुक्तरुपमा पुरस्कार स्वरुप ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।