१९ कार्तिक २०८३, बिहिबार

ठूलो परिमाणमा अवैध कुखुराका चल्ला बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, २५ पुस । सशस्त्र राजस्व भन्सार तथा सुरक्षा गुल्म डण्डा पुल भैरहवाले अबैध रुपमा भित्र्याइएका ठुलो परिमाणका कुखुराका चल्ला गएराती बरामद गरेको छ ।

सशस्त्र राजस्व भन्सार तथा सुरक्षा गुल्म डण्डा पुलका शशस्त्र प्रहरी नायब उपरिक्षक शोभाकान्त खनालका अनुसार नेपाल भारत सिमा नाका जोडिएको रुपन्देहीको बसन्तपुर गाबिस ३ पननी बाट करिब आठ हजार चल्ला बरामद गरिएको छ । बरामद चल्लाको मुल्य ५ लाख ९८ हजार पाँच सय रहेको छ ।

बरामद गरिएको चल्ला जिल्ला पशु क्वारेन्टाईनका प्रतिनिधि र सँचारकर्मीको रोहबारमा आजै बरामद गरिएको छ । अवैध रुपमा भित्रिएको चल्ला सशस्त्र प्रहरीको टोलीले आइतबार राति साढे १२ बजेको समयमा बरामद गरेको थियो ।