– अनिल खत्री
गुल्मी, २५ पुस । नेकपा माओवादी केन्द्रका सचिव वर्षमान पुनले मधेसीलाई समेट्न सरकारले संबिधान संशोधन प्रस्ताब ल्याएको बताएका छन् ।
गुल्मीमा सोमबार प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा उनले संबिधानको स्वीकार्यता बढाउने र निर्वाचनमा जाने मुख्य उद्देश्यले संबिधान संशोधनको प्रस्ताव ल्याएको बताए ।
पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पुनले सरकारले मधेसी दलहरुलाई संबिधानको धारमा ल्याएर स्वीकार्यता बढाउनको लागी पनि संशोधन प्रस्ताव ल्याएको बताए ।
उनले सरकारले संसदमा पेस गरेको संशोधनको प्रस्तावले सरकार र प्रतिपक्षको दुरी घट्ने दाबी गरे । नेता पुनले सरकार संसदमा पेस भएको प्रस्ताव पास गर्न लाग्ने र प्रतिपक्षले यसलाई फेल गर्न लाग्ने स्वाभाबिक रहेको बताए ।
संशोधन प्रस्ताव पास गराएर सबै दल स्थानिय तहको निर्वाचनमा गए संबिधानको कार्यान्वयन पनि अघि बढ्ने उनको भनाई छ ।
नेता पुनले अब संबिधान निर्माणका सहयात्री दलहरु सबै एकठाउँमा उभिएर निर्वाचनमा जानुको बिकल्प नरहेको बताए । आउँदो बैशाखको अन्तिम सम्म हुनेगरि स्थानिय तहको निर्वाचनको मिति तय हुने बताए ।
उनले सरकारले ल्याएको संबिधान संशोधन प्रस्ताव प्रक्रियाबाट टुङ्गिने र निर्वाचनमा जाने बातावरण बन्ने दाबी गरे ।












प्रतिक्रिया