४ मंसिर २०८३, शुक्रबार

संसद बैठक अपरान्ह तीन बजे बस्दै, संशोधनको एमालेले विरोध गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । संसदको अबरोध खोल्न प्रमुख विपक्ष दल एमाले लचक भएपछि शुरु भएको सदन आज पनि बस्दैछ ।

अपरान्ह ३ बजे बस्ने संसद बैठकमा संविधान संशोधनको दोस्रो विधेयकमाथि दफावार छलफल हुनेछ । छलफलपछि विधेयकलाई समितिमा पठाउने तयारी संसद सचिवालयले गरेको छ ।

उता, एमालेले सदनमा संविधान संशोधनको विरोध गरिरहने जनाएको छ । एमालेका मुख्य सचेतक भानुभक्त ढकालले संविधान संशोधन बाहेकका विषय आएमा सदन चल्न दिने अन्यथा संशोधन विधेयक ल्याइए आफूहरूको अबरोध यथावत रहने बताए ।

एमालेले संविधान संशोधनको विरोध गर्दै आएको छ । सदनमा उसले आआफ्नो सिटमा सांसदहरूलाई उभ्याएर नारावाजी गर्दै आएको छ ।