१९ कार्तिक २०८३, बिहिबार

मुलक स्थानिय निकायको निर्वाचनको तयारीमा गैसक्योः मन्त्री जगेबु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नवराज श्रेष्ठ

रामेछाप, २४ पुस । संघिय मामिला तथा स्थानिय विकास राज्यमन्त्री श्रीप्रसाद जगेबुले मुलक अहिले स्थानिय निकायको निर्वाचनको तयारीमा गैसकेको बताएका छन् । उले अब निर्वाचन कहिले हुन्छ भन्ने कुराको अन्त्य भएको बताए ।

आइतबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजीत मन्थली नगरपालीको पाचौ नगरपरिषदको निर्णय सार्वजनीकरण कार्यक्रममा बोल्दै मन्त्री जगेबुले यस्तो बताएका हुन् । उनले स्थानिय तहको निर्वाचन गर्नका लागी आवश्यक कानुन्हरु निर्माण गर्ने काम भैरहेको बताए ।

नेकपा माओबादि केन्द्रका नेता समेत रहेका मन्त्री जगेबुुले अहिले जारी भएको संविधान प्राप्त गर्नका लागी लाग्दा लाग्दै मुलुकमा समृद्धिका पाटोहरु छुटेको बताए । उनले यहि संविधानका लागी २०५४ सालदेखि मुलुक जनप्रतिनिधि बिहिन बनेको बताए । उनले यस्तो अवस्था सिर्जना गर्न कसैको मनसाय नभए पनि राजनितिक अधिकारका लागी लड्दा लड्दै यस्तो परिस्थति सिर्जना भएको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री जगेबुले नगरपालीकाको विकासका लागी नेपाल सरकारले बिभिन्न योजनाहरु बनाएकाले मनथली नगरपालीका विकासका लागी आफु लागीपर्ने बताए ।

कार्यक्रममा बोल्दै रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले मन्थली नगरपालीकाले आर्थिक बर्ष २०७४÷७५ का लागी ल्याएको निति तथा कार्यक्रमहरु अत्यन्तै राम्रो भएकाले त्यसको प्रभावकारी कार्यान्वयमा ध्यान दिन सुझाब दिए ।

उनले नगरपालीकाले ल्याएको कार्यक्रमहरु कार्यान्वयनका लागी जिल्ला प्रशासन कार्यालय आवश्यक सहयोग गर्न तयार रहेको पनि बताए । उनले स्थानिय स्थानमा हुने विकास निर्माणका कार्यमा धेरै भन्दा धेरै जनसहभागित गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्थली नगरपालीकाका कार्यकारी अधिकृत पुरुसोक्तम सापकोटाले चालु अर्थिक बर्षमा हाल सम्म भएका प्रगतीको समिक्षा तथा आगामि आर्थिक बर्षको निति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।