काठमाडौं, २४ पुस । डडेल्धुरामा भएको नेपाली सेनाको गाडी दुर्घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ ।
डडेल्धुरा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार अपराह्न विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो ।
शनिबार राति हिमपातले अवरुद्ध भएको बाटो खुलाउन गएको सेनाको गाडी डडेल्धुराको साहुखर्कमा दुर्घटना हुँदा सवार ३६ जना सैनिक घाइते भएका थिए ।
कांग्रेसले घटनामा परी घाइते भएका सैनिकको उचित उपचारको व्यवस्थाका गर्न सरकारसँग माग समेत गरेको छ ।












प्रतिक्रिया