१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रवादको नाराभित्र राष्ट्रघाति काम भइरहेको छः ऊर्जामन्त्री शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले राष्ट्रवादको नाराभित्र राष्ट्रघाती काम भइरहेको टिप्प्पणी गर्नुभएको छ ।

अखिल क्रान्तिकारीले पुल्चोक इन्जिनीयरिङ क्याम्पसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले “कतिपय राजनीतिक शक्तिहरुले राष्ट्रवादको नारा अघि सार्दै आन्तरिक राष्ट्रियता विथोल्न लागि परेका छन । मुलुकभित्रकै ठूलो समुदायलाई अधिकारविहीन बनाएर राष्ट्रियता बलियो हुँदैन” भन्नुभयो ।

संविधान संशोधनका विरुद्ध आन्दोलनरत एमालेतर्फ संकेत गर्दै उहाँले मधेशी समुदायलाई अधिकारविहीन अवस्थामा राखेर राष्ट्रियताको आन्दोलन सफल नहुने तर्क गर्नुभयो । विपक्षीको आन्दोलनले निर्वाचनको तालिका पर धकेल्ने काम गरेको मन्त्री शर्माले बताउनुभयो ।

अर्को एक प्रसंगमा उहाँले इन्जिनीयरिङका विद्यार्थीहरुलाई वर्षमा एक पटक ३ महिने अभियान लिएर गाँउ टोलहरुमा प्रयोगात्मक शिक्षा लिने कार्यक्रम बनाउन सुझाव दिनुभयो । जनतासँग जोडिएको प्रयोगात्मक शिक्षाले मात्र स्वरोजगारयोग्य जनशक्ति उत्पादन गर्ने भन्दै मन्त्री शर्माले गाँउ जाने अभियानलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।