काठमाडौं, २४ पुस । संसदको बैठक तीन बजेसम्मका लागि स्थगित भएको छ । २०१५ सालका तत्कालीन सांसद मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएको हो ।
खोटाङ जिल्लाको क्षेत्र नम्बर १६ बाट निर्वाचित सांसद पोखरेलको ८७ वर्षको उमेरमा पुस १८ गते काठमाडौंमा निधन भएको थियो ।
शोक प्रस्ताव पारित भएसँग सभामुख ओनसरी घर्तीले अर्को बैठकको समय आजै तीन बजेका लागि तोकिदिएकी हुन् ।











प्रतिक्रिया