१९ कार्तिक २०८३, बिहिबार

कार्यसूचीको प्रकृति हेरेर एमालेले सदन चल्न दिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, २४ पुस । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संसद बैठक चल्न दिने भएको छ । सदन चल्नका लागि उसले पूर्व सर्त राखेको छ ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइतबार बसेको संसदीय दलको बैठकले संसदको कार्यसूचीको प्रकृति हेरेर सदन चल्न दिने निर्णय गरेको हो । एमालेका सांसद रेवतीरमण भण्डारीले संविधान संशोधन विधेयलाई कार्यसूचीमा राखेर ल्याए त्यसलाई टेबुल हुन नदिनए बताए ।

‘कार्यसूचीमा रहने अन्य विषयहरूलाई सदनमा चल्न दिन्छौँ’, उनले भने, ‘संशोधन विधेयक जहाँनेर आउँछ त्यहाँ सदन अबरोध हुन्छ । संसद आजदेखि एमालेले अबरोध गर्दैन ।’

सांसद भण्डारीले भने, ‘संविधान संशोधनको विधेयक एक नम्बरमा रह्यो भने शुरुमै अबरोध हुन्छ । यदि २, ३, ४ वा अन्य नम्बरमा रहेछ भने त्यहाँसम्म सदन चल्छ । अनि संशोधन आइपुग्यो भने अबरुद्ध हुन्छ ।’

एमालेसहितका नौ विपक्षी दलहरूले संविधान संशोधनको प्रस्तावलाई राष्ट्रघातीभन्दै अबरोध गरिरहेका थिए । एमालेको आजको यो निर्णयले सदनको गतिरोध केहीहदसम्म भए पनि हट्ने देखिएको छ ।

तर सत्तारुढ दलहरूले भने संसदको सबै गतिरोध अन्त्य गरेर सदन सुचारु हुन दिनुपर्ने बताएका छन् । उनीहरूले संशोधन विधेयकलाई टेबुल गर्न कुनै अबरोध गर्न नहुने माग गरेको नेताहरू बताउँछन् ।