४ मंसिर २०८३, शुक्रबार

हिउँमा चिप्लियो सेनाको गाडी, ३६ जना घाइते, ५ जनाको अवस्था चिन्ताजनक (फोटो फिचरसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, २४ पुस । डडेल्धुराको साहुखर्क नजिक आज बिहान सेनाको गाडी दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था चिन्ताजनक छ ।

गरुण दल गण अन्तरगतको दह व्यारेक डडेल्धुराबाट बिहान भिमदत्त राजमार्गमा रहेको हिउँ हटाउनका लागि गएको सेनाको टोली फर्किँदा हिउँबाट चिप्लेर सडक देखि करिव ५० मिटर तल खसेको थियो । सेनाको लु १ ग २९४ नम्बरको गाडी हिउँमा चिप्लिएर दुर्घटना भएको क्याप्टेन प्रेम बोगटीले बताएका छन् ।

घाइतेहरुको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुको थप उपचारका लागि सुदूरपश्चिम पृतनाबाट सेनाको हेलिकप्टर बोलाइएको क्याप्टेन बोगटीले बताएका छन् ।