काठमाडौं, २४ पुस । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट मेक्सीको र चीनमा सुरु भएको युद्ध व्यापारले भारतीय अर्थव्यवस्थामा निकै ठूलो नोक्सानी पुगाउन सक्ने रिपोर्ट सार्वजनिक भएको छ ।
खासगरी इन्फर्मेशन टेक्नोलोजी र अमेरिकी बजारमा भइरहेको निर्यातमा यसको निकै नराम्रो असर देखिनसक्ने एसोचैमको रिपोर्टले भनेको छ ।
अहिले चीन र मेक्सीको ट्रम्पको निशानामा छन् । यस्तोमा भारतले भुमिका खेल्नुपर्ने जरुरी छ । साथै आगामी दिनमा अमेरिकी प्रशासनसँग राम्रो सम्बन्ध बनाउनु पनि भारतका लागि जरुरी छ । यतिमात्रै होइन् भारतीयलाई अमेरिकी जागिरमा उठिरहेको चिन्तालाई पनि शान्त गर्ने प्रयास गर्नुपर्छ । अमेरिका सत्ता परिवर्तनपछि चैम्बरले आफ्नो रिपोर्टमा भारतका यस्ता चुनौतिहरु उल्लेख गरेको हो ।
एसोचैमले अमेरिका र चीनबीच द्वन्द्व बढिरहेका बेला अन्य देशहरु सतर्क रहनुपर्ने बताएको छ । उसका अनुसार आउने समयमा अमेरिकाबाट मात्र होइन् चीनबाट समेत कारोबारमा नोक्सानी हुनसक्ने सम्भावना छ ।












प्रतिक्रिया