४ मंसिर २०८३, शुक्रबार

सरकारसँग ‘भीड्ने’ रणनीति बनाउँदै एमालेसहितका नौ दल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । सरकारले संशोधन प्रस्ताव अगाडि बढाउने संकेत गरेपछि प्रमुख विपक्षी दल एमालेसहितका नौ दलहरूको बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा जारी बैठकमा आजको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ । बैठकका लागि नौ वटै दलका प्रमुख नेताहरू सिंहदरबार पुगिसकेका छन् ।

पाँच नम्बर प्रदेशबाट तराई र पहाडी जिल्लालाई टुक्र्याउने गरेर सरकारले प्रस्ताव ल्याएपछि एमालेसहितका दलहरू राष्ट्रियताको पक्षमा आन्दोलन गर्दै आइरहेका छन् ।

सरकारले मधेसी मोर्चालाई खुसी बनाउन संसदमा संशोधन प्रस्ताव आज अगाडि बढाउने तयारीमा छ । यदि सरकारले संशोधन प्रस्तावलाई अगाडि बढायो भने के गर्ने भन्ने विषयमा नौ दलको बैठकले रणनीति तयार पार्नेछ ।

यसअघि एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतको आदेश विपरित सरकारले संशोधन प्रस्ताव अगाडि बढायो भने त्यसको कडा जवाफ दिने चेतावनी दिइसकेका छन् ।

एमालेसहितका दलहरूले संशोधन प्रस्ताव अगाडि बढाउन नहुने भन्दै सरकारलाई सहमतिका राजनीतिमा आउन सुझाव दिँदै आएका छन् ।