३ कार्तिक २०८३, मंगलबार

म्याग्दीकाली सञ्चार सहकारीको अध्यक्षमा पुनः श्रेष्ठ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २४ पुस । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्थाको शनिबार साँझ सम्पन्न नवौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा पुनः प्रमोद श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

म्याग्दीकाली एफएम ८८.२ मेगाहर्ज, केबुल टेलिभिजन र इन्टरनेट सेवा प्रदान गर्दै आएको संस्थाको उपाध्यक्षमा विजय श्रेष्ठ, सचिवमा रामजीप्रसाद सुवेदी, सहसचिवमा भीष्म मल्ल, कोषाध्यक्षमा सुवीन श्रेष्ठ र सहकोषाध्यक्षमा दिनेश ढुङ्गाना निर्वाचित हुनुभएको छ ।

सञ्चालक समितिको सदस्यहरुमा दुर्गाराम सुवेदी, राजु बानिया, यामबहादुर खड्का, राजाराम पौडेल, अमृतकुमार श्रेष्ठ, दीपक हमाल, माधवप्रसाद रेग्मी, बालबहादुर महत र महेन्द्र खत्री चयन हुनुभएको छ ।

साधारणसभाको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले अहिलेको समयमा सूचना नै सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो । रासस