खारटोयुम (सुडान), २४ पुस । सुडानका प्रतिपक्षी दलका वरिष्ठ नेता सिद्धग युसिफको स्वास्थ्यमा गम्भीर समस्या आएको बताउँदै शनिबार उहाँका परिवारजनले जेलबाट रिहाइका लागि अनुरोध गरेका छन् ।
पचासी वर्षीय युसुफ सहित अन्य तीन वामपन्थी नेतालाई गत नोभेम्बरमा इन्धन मूल्य वृद्धिको विरोध स्वरुप आयोजना गरेको देशव्यापी आन्दोलनका क्रममा सुरक्षा नियन्त्रणमा लिई जेलमा राखिएको छ ।
युसुफका परिवारका सदस्यलाई उहाँसँग पक्राउपछि पहिलोपटक जनवरी ५ गते भेट गर्ने मौका दिइएको थियो । भेटपछि नेता युसुफको स्वास्थ्यस्थिति अन्यन्तै कमजोर रहेको भन्दै सरकारसँग परिवाजनले सो आग्रह गरेका हुन् । – एएफपी












प्रतिक्रिया