२ कार्तिक २०८३, सोमबार

फिल्म ‘लेक साइड’ माघ २८ मा रिलिज हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्देशक राजु अधिकारीले निर्देशन गरेको फिल्म ‘लेक साइड’ आगामी माघ २८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ ।

पर्यटकीय नगरी पोखराको लेकसाइडमा एउटा युवक संगीत क्षेत्रमा लागेपछि भोग्नुपरेको विविध पीडालाई प्रस्तुत गरिएको फिल्ममा नीता ढुंगाना र जीवन लुँइटेल प्रमुख भूमिकामा छन् । फिल्ममा दीपक ढकाल र एन्जल ढुंगाना लगायतको पनि अभिनय छ ।

आशुतोष फिल्म्स प्रोडक्शन र चन्द्रज्योती फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा एञ्जल ढुंगानाको लगानी छ । इन्दिरा तिवारी ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको पटकथा तथा संवाद, पवन गौतमको छायांकन र तारा थापा किम्भेको सम्पादन छ ।