वीरेन्द्रनगर, २३ पुस । नेकपा एमालेका युवा नेता एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले कांग्रेस र माओवादीलाई जनताले सजाय दिने बताउनुभएको छ ।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले जनताको चाहनाविपरित बाह्य शक्तिको इशारामा चल्नेलाई जनताले नछाड्ने बताउनुभयो ।
‘राष्ट्र र जनहित विपरितको संविधान संशोधन विधयेक भारतको इसारामा आएको हो,’ उहाँले भन्नुभयो- ‘जनताको अहित हुनेगरी आएको विधेयकलाई हामी कुनै हालतमा पारित हुन दिन्नौं ।’
सत्तारुढ दल कांग्रेस र माओवादीले जनताको भावनामाथि खेलवाड गरिरहेको भन्दै नेता बस्नेतले आगामी निर्वाचनमा युवा संघले नै कांग्रेसलाई हाफ र माओवादीलाई पत्तासाफ गराउने उद्घोष गर्नुभयो ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कांग्रेस माओवादी मिलेर एमालेलाई पत्तासाफ गर्नुपर्ने बताइरहनुभएका बेला नेता बस्नेतको पनि कडा प्रतिक्रिया आएको हो ।











प्रतिक्रिया