१९ कार्तिक २०८३, बिहिबार

केपीको गृहजिल्लाबाट प्रचण्डबारे नयाँ खुलासा! संशोधनको कडा प्रतिकार गर्ने चेतावनी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २३ पुस । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य अर्जुन राईले प्रचण्ड सरकारले भारतबाट पेट्रोलियम पाइप लाईन विस्तार गर्दा नेपालको हीत विपरित ३० बर्षसम्म अन्यत्रबाट खरिद गर्न नपाउने गरी हस्ताक्षर गरेको बताउनु भएको छ ।

उहाँले आज शनिबार नेकपा एमाले भद्रपुर विशेष नगर इलाका कमिटी चन्द्रगढीद्वारा आयोजित प्रशिक्षण तथा सहभोज कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो । उहाँले संविधान संशोधनको एजेण्डा पनि भारतीय स्वार्थमा ल्याइएको हुनाले एमालेले विरोध जनाएको बताउनु भयो ।

नेपालको संविधान बन्न नदिनेहरुले नै अहिले संविधान संशोधन गर्न अनावश्यक दवाव दिइरहेको बताउँदै एमाले वैकल्पिक केन्द्रीय सदस्य भाष्कर काप्mलेले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाइने गरी संशोधनका लागि ल्याईको प्रस्तावको नेकपा एमाले कडा ढंगले प्रतिकार गर्ने बताउनुभयो ।

प्रशिक्षण समारोहमा एमाले १ नम्बर प्रदेश कमिटीका सदस्य पवित्रा निरौला खरेलले प्रत्येक कमिटीबाट राष्ट्रिय सभामा ३ जना महिला अनिवार्य प्रतिनिधित्व गराउने अहिलेको कानुनी व्यवस्थालाई उल्टाउने गरी १ जना मात्र अनिवार्य गरी अन्य स्वेच्छिक राख्नु पर्ने एजेण्डा मधेशी मोर्चाले संशोधन प्रस्तावमा ल्याएको हुनाले एमालेले संशोधन प्रस्तावको विरोध गरेको बताउनुभयो । उहाँले २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानले महिलाका धेरै अधिकारहरु संरक्षण गरेकोले पनि महिला विरोधी केही नेताहरुले संशोधन गर्न चाहेको बताउनुभयो ।

प्रशिक्षण समारोहमा नेकपा एमाले झापा अध्यक्ष चिन्तन पाठकले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले थुप्रै विकासका एजेण्डाहरु नेपाली जनताको सम्बृद्धिसँग जोडेर ल्याएको हुनाले अन्य पार्टीहरु अताल्लिएर एमालेको सरकार गिराउने षयन्त्रमा लागेको बताउनु भयो ।

नेकपा एमाले भद्रपुर विशेष नगर इलाका कमिटी चन्द्रगढीका अध्यक्ष ब्रम्हलाल ढुङ्गानाको अध्यक्षतामा वडा नंम्बर १३ को व्यवस्थापनमा आयोजित कार्यक्रममा १३ नम्बर वडा अध्यक्ष कृष्ण काफ्लेले स्वागत र निर्माण नेपालले सञ्चालन गर्नु भएको थियो ।

बनभोजसँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको कार्यक्रममा एक दर्जन मानिसहरु एमालेमा प्रवेश गराइएको एमाले नगर संयोजक अशारु राजवंशीले बताउनुभयो ।