काठमाडौं, २३ पुस । लायन्स क्लब अफ काठमाडौंले भक्तपुरको गोठाटारस्थित अनाथ आश्रमलाई खाद्यान्न वितरण गरेको छ ।
क्लबले शनिबार अनाथ आश्रमका करिब २० बालबालिकालाई एक महिनाको खाद्यान्नको लागि चामल, नुन, तेल, साबुन ब्रस, चिउरा लगायतका सामाग्री बितरण गरेको हो ।
सामाजिक सहयोगको इतिहासमा करिब १०० बर्षको इतिहास बोकेको लायन्स क्लबले यो वर्ष विभिन्न कार्यक्रमहरु गर्ने काठमाडौं लायन्सका सन्जिब रोकाहाले जानकारी दिए । उनका अनुसार यो बर्ष क्लबको तर्फबाट बिकट जिल्लामा स्वास्थ्य शिविर र दलित बिद्यार्थीलाई शिक्षाको लागि सहयोग गरिनेछ ।













प्रतिक्रिया