काठमाडौं, २३ पुस । चीनको एक परमाणु क्षमता भएको पनडुब्बी पाकिस्तानको एक बंदरगाहमा तैनाथ गरिएको भेटिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसबारेमा स्रोतले शुक्रबार मात्रै जानकारी दिएको छ । स्रोतका अनुसार चीनले पाकिस्तानलाई आठ ओटा पनडुब्बी बेच्ने भएको छ । यींमध्ये चारवटा पनडुब्बी कराचीमा बनाइने छ । शुरुआती चरणमा चारवटा पनडुब्बीको खेप सन् २०२३ को अन्त्यतिरसम्म पाकिस्तानले पाउने छ ।
यो पनडुब्बीको तस्वीर गूगल अर्थमा सन २०१६ को में महिनामा भेटिएको थियो । विशेषज्ञहरुकाअनुसार यो तस्वीरमा पनडुब्बी सबैभन्दा ताजा र अत्याधुनिक पनडुब्बीमध्ये एक हो । पनडुब्बी सन् २०१६ जून महिनामा मलय र सुमात्राको बीचको समुद्री नहर पार गर्नेबेला देखिएको थियो । नियमअनुसार कुनैपनि पनडुब्बीका लागि जल डमरुमध्ये पार गर्ने समयमा समुद्री सतहमा आउन जरूरी हुन्छ ।
यो भन्दा पहिले चिनिया पनडुब्बी हिन्द महासागरमा पनि देखा परेको थियो । चिनिया जहाज र पनडुब्बी पाकिस्तानमा देखिएपछि भारतमा खैलाबैला मच्चिएको छ ।
भारतीय मिडियाका अनुसार भारतीय जलसेना प्रमुख ऐडमिरल सुनील लांबाले भारत यो पुरै घटनाक्रमलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएका छन् ।











प्रतिक्रिया