१ कार्तिक २०८३, आइतबार

विश्वसमुदायले चीन-अमेरिकाबीच स्थिर सम्वन्ध: चीन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ (चीन), २३पुस । चिनियाँ विदेशमन्त्रालयले शुक्रबार सञ्चारकर्मीसँग गरेको नियमित भेटमा चिनियाँ जनता,अमेरिका लगायत विश्व समुदायले अमेरिका–चीन सम्बन्ध सुमधुर रहेको देख्न चाहेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता गेङ सुआङले भन्नुभयो, “चिनियाँ जनता र विश्व समुदायको अपेक्षाअनुरुप चीनले वर्तमान् तथा नयाँ आउने प्रशासनसँग पनि मिलेर द्विपक्षीय सम्बन्धलाई द्वन्द्व तथा विवादरहित परस्पर सम्मानित भएको देख्न चाहन्छन् ।”

गेङको यो टिप्पणी अमेरिकी विदेशमन्त्री जोन केरीले अमेरिकाको चीनसँगको सम्बन्धको महत्वबारे अमेरिकी राष्ट्रपति बाराक ओवामालाई बुझाइएको स्मरणपत्रमा व्यक्त गरेको विषयमाथि प्रकाश पार्ने सिलसिलामा आएको हो ।

उहाँले अमेरिकी वर्तमान् प्रशासनद्वारा चीनसँगको मित्रतालाई महत्वपूर्ण भनी दिएको भनाइप्रति चिनियाँ विदेशमन्त्री याङ यीले प्रशंसा गर्नुभएको भन्दै केरीको कार्यकालमा चीन र अमेरिकाबीच बनेको मजबूत सम्बन्धका बारे दुई विदेशमन्त्रीबीच बिहीबार कुराकानी समेत भएको बताउनुभयो ।

प्रवक्ता गेङले भन्नुभयो, “चीन र अमेरिकाबीचको सम्बन्ध द्विपक्षीय मात्रै नभइ यीे दुई देशका नागरिकको आपसी हितबाहेक एसिया तथा प्रशान्त क्षेत्र लगायत विश्व समुदायको शान्ति, स्थिरता र समृद्धिसँग पनि जोडिएको छ ।”

चीन वर्तमान् तथा नयाँ अमेरिकी सरकारसँग सहकार्य गर्दै दुई देशबीच देखिँदै आएका भिन्नतालाई व्यवस्थापन गरेर दुई देशको पारस्परिक हित तथा विश्व समुदायको कल्याणका लागि अघि बढ्न चाहेको उक्त अवसरमा प्रवक्ता गेङले बताउनुभयो । रासस