तुलसीपुर । ‘सुन हजुर घर मेरो टिकरी, जिन्दगीमा क्यैछैन फिकरी.. लरी बरी लै’ भन्दै गायिका कोमल वली दाङको टिकरीमा अवस्थित सहित स्मृति स्कुलमा पुगिन र बालबालिकालाई शैक्षिक सामग्री पनि बितरण गरिन् ।
सधैझै गायनमा ब्यस्त रहने चर्चित गायिका कोमल फरक भुमिकामा देखिइन् । गायन क्षेत्रबाट राजनीतिमा प्रवेश गरेसंगै चर्चामा रहेकी उनी सामाजिक कार्यमा त्यत्तिकै मात्रामा ब्यस्त देखिन्छिन् ।
शुक्रवार उनले बालबालिकालाई आबश्यक पर्ने शैक्षिक सामग्री लिएर विद्यालय पुग्दा विद्यार्थी निकै दंग परे । अनि गायिका कोमलले म कहां को हो ? तपाईँहरूलाई थाहा छ भनेर सोध्दा बिद्यार्थीहरुले जवाफ दिए ‘हाम्रो गाऊको’ । कोमलले बिद्यार्थीहरुलाई सोधिन– तपाईहरु कस्तो बन्न चाहनुहुन्छ ? भनेर फेरि बिद्यार्थीहरुले जवाफ दिए हजुर जस्तो ।
कोमल भावुक बनिन र गहभरी आंसु देखियो । फेरी भनिन– हो म तपाईहरुजस्तै गाऊंमा जन्मेको पढेको बढेको मान्छे हुं । त्यसैले तपाईहरु पनि राम्रो पढेपछि मात्र म जस्तै बन्नु हुन्छ । बिद्यार्थीहरुले आफ्नो प्रतिभा देखाएपछि कोमललाई गीत गाऊन हुटिङ गरे, कोमलले गीत सुनाईन र सबै बिद्यार्थीहरु र शिक्षक शिक्षिकाहरु नाचेका थिए ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष चिरञ्जीवी शर्माको सभापतित्वमा आयोजित कार्यक्रममा स्कुलका प्रधानाध्यापक हरि बिकले कोमल वलीजस्तो व्यक्तिलाई विद्यालयमा पाऊदा ज्यादै खुसी लागेको बताउनुभयो । विद्यालयमा उहाँ पुग्दा शिक्षक विद्यार्थीहरुले भव्य स्वागत गरेका थिए ।
















प्रतिक्रिया