४ मंसिर २०८३, शुक्रबार

शेरबहादुर र पुष्पकमलको षड्यन्त्रलाई सफल हुन दिँदैनौंः ईश्वर पोखरेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २२ पुस । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको षड्यन्त्रलाई कुनैपनि हालतमा सफल हुन नदिने बताउनुभएको छ ।

संविधान संशोधनको विरोधमा विपक्षी ९ दलले राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पोखरेलले संशोधनको विधेयकलाई कुनै हालतमा पास हुन नदिने घोषणा गर्नुभयो ।

‘ती शेरबहादुर हुन वा पुष्पकमल दाहाल, हामी उनीहरूको षड्यन्त्रलाई सफल हुन दिँदैनौं,’ महासचिव पोखरेलले भन्नुभयो– ‘हिन्दी भाषालाई नेपालमा कामकाजको भाषा बनाउने र अंगिकृतलाई रजाईं गर्ने वातावरण बन्न दिँदैनौं ।’