मुम्बई । करण जौहरको चैट शोमा कुरागर्दा गर्दै अभिनेत्री कैटरीना कैफ र अनुष्का शर्माले दीपिका पादुकोण असल साथ नभएको बताएका छन् ।
करणले कैटरीना र अनुष्कालाई दीपिका पादुकोण असल साथी हुन् भनेर सोधेका थिए । जवाफमा कैटरीना र अनुष्काले होइन भनेका थिए । त्यसपछि दीपिकाले सोशल मिडियामा ‘दुई केटी र कार्यक्रम मनोरञ्जन मात्रै हो’ टिप्पणी गरेकी छिन् ।
यी तीन अभिनेत्रीबीच अहिले सामाजिक सञ्जालमा वाकयुद्ध चलेको छ । दीपिकाले कैटरीना र अनुष्कालाई आफ्नो प्रतिस्पर्धी होइनन् भनेर समेत टिप्पणी गरेकी छिन् ।
दीपिकाले अनुष्का र कैटरीना दुबैको काम आफूलाई व्यक्तिगत रुपमा पनि मन पर्ने गरेको बताएकी छिन् । उनले कैटरीना र अनुष्कालाई शुभकामना समेत दिएकी छिन् ।
अहिले सबैको ध्यान दीपिकातिर तानिएको छ । किन भने उनको हलिउड फिल्म ‘ट्रिपल एक्स : रिटर्न अफ जेंडर केज’ रिलिजको तयारीमा छ । २० जनवरीमा यो फिल्म रिलिज हुनेछ । – बीबीसी















प्रतिक्रिया